पल शाह प्रकरणः जाहेरी दिएका नाबालिगका बाबुले पनि फेरे बयान

६ बैशाख ७९, बुधबार

काठमाडौं, ६ वैशाख । अभिनेता पूर्णविक्रम शाह (पल) विरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिगका बाबुले पनि बयान फेरेका छन् । आफ्नी नाबालिग छोरीमाथि शाहले जबर्जस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त प्रकरणमा जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । सुरुमा नबुझी जाहेरी दिएको र बुझ्दै जाँदा यथार्थ नभएको उनको बकपत्र छ ।

शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो । पीडितका बाबुको जाहेरीका आधारमा प्रहरीले शाहविरुद्ध अनुसन्धान सुरु गरेको थियो । शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी अहिले तनहुँ कारागारमा छन् ।

यसअघि पीडित भनिएकी नाबालिग गायिकाले पनि बकपत्र दिने क्रममा बयान फेरेकी थिइन् । बकपत्रका क्रममा अदालतमा ती नाबालिग गायिकाले पलले बलात्कार गरेको नभइ आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिएकी थिइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top