×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

काँग्रेसबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह, विराटनगरमा कसको सम्भावना बढि ?

१० बैशाख २०७९

१० वैशाख, विराटनगर ।
पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरको मेयर पदमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ ।

आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो । कांग्रेसकी महाधिवेशन प्रतिनिधि उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । तर अन्यमा सहमित जुट्न बाँकी छ ।

Advertisement
Advertisement

बाँकी महानगरपालिकाका तथा उपमहानगरपालिकाका उम्मेदवारबारे आजको बैठकले टुंगो लगाउने बताइएको छ । सभापति देउवा, नेता शेखर कोइराला र अर्का नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव अघि सारेका छन् । बाँकीमध्ये ललितपुर र विराटनगरको मेयर तथा पोखराको उपमेयरका विषयमा नेताहरूबीच विवाद छ ।

नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार छान्न समेत सकस हुने देखिएको छ । विराटनगर नेता शेखर कोइराला र शशांक कोइरालाको प्रभाव क्षेत्र हो । तर, सभापति देउवाले विराटनगरमा केन्द्रीय सदस्य अमृत अर्याललाई मेयरको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

विराटनगरबाट मेयरकालागि संघीय सांसद एवम् केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अर्याल, केन्द्रीय सदस्य एवं हालका मेयर भीम पराजुली, प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईको नाम सिफारिस भएर आएको छ ।

यीमध्ये अर्याल र संग्रौला सभापति देउवानिकट हुन् । सभापति देउवाले पहिल्यै अर्यालको नाम सिफारिस गरेपछि कोइरालाले विरोध गरेका थिए । स्रोतका अनुसार कोइरालाले विराटनगरको मेयरमा जिल्ला सभापति नागेश कोइरालालाई अघि सार्न चाहेका छन् ।

विराटनगरबारे नेता कृष्णप्रसाद सिटौलाले भने हालका मेयर पराजुलीलाई दोहो¥याउनु उपयुक्त हुने भनेका थिए । विराटनगरमा ०७४ को निर्वाचनमा कांग्रेसले एक्लै मेयर, उपमेयरसहित बहुमत पदाधिकारीमा जित हासिल गरेको थियो । यसपटक केन्द्रले चुनावी तालमेल गर्दा उपमेयर पद जसपालाई दिइसकेको छ ।

Advertisement

सभापति देउवाले विराटनगरको विषयमा समेत हस्तक्षेप गर्न खोजेको कारण समस्या उत्पन्न भएको नेताहरुले बताएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top