काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह

९ बैशाख ७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ ।

Advertisement

बाँकी महानग र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । शीर्ष नेताहरुको बैठकमा बिराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन ।

अन्य दलले मेयर पाएका पोखरा,बिरगन्ज र भरतपुरको उपमेयरमा पनि आकांक्षीहरुको ठूलो संख्या रहेकाले नेताहरु आन्तरिक छलफलमा छन् । काठमाडौंको हकमा भने प्रकाशमानले नै अन्य आकांक्षीहरु मिलाएपछि सहज भएको नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top