वीरगञ्ज, १० वैशाख । पत्रकार गिरीश गिरी वीरगन्ज महानगरको मेयर उठ्ने भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मेयरको उम्मेदवार बन्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।
शनिबार बसेको राप्रपाको बैठकले गिरीलाई वीरगञ्ज महानगरपालिमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।
लामो समयदेखि पत्रकारितामा रहेका गिरीले हालै सताब्दीपुरूष सत्यमोहन जाेशीको पुस्तक पनि लेखेका छन् ।
