ताप्लेजुङ, बैशाख १० । ताप्लेजुङ्म नेपाली काँग्रेसका जिल्ला उपसभापति सहित ५सय जना नेकपा एमाले प्रवेश गरेका छन । ताप्लेजुङ जिल्ला फक्तालुङ गाउँपालिकाको इखाबुमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका पूर्वजिल्ला उपसभापति तथा पूर्वगाविस अध्यक्ष मणी लाबुङलाई प्रवेश गराउनु भएको हो ।
यसैगरी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निमा नवङ शेर्पा र माओवादी केन्द्रका युवा नेता सुमन लिम्बु लगायत ५०० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
