विराटनगर, १२ वैशाख । नेकपा (एमाले) को तर्फबाट विराटनगरको मेयर पदका लागि उम्मदवारी दर्ता गर्न सागर थापा निर्वाचन कार्यालय पुगेका हुन् ।
विराटनगरस्थित पार्टी कार्यालयबाट बाजागाजा र जुलुससहित थापा उम्मेदवारी दर्ता गराउन उनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।
मेयर उम्मेदवारको चर्चा गरिएका एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य, विनोद ढकाल, रामलाल साहलगायतका नेता र कार्यकर्तासहित उनी निर्वाचन कार्यालय पुगेका हुन् ।
एमालेले सोमबार विहान मात्र विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको थियो । एमालेले विराटनगरको मेयरमा थापा र उपमेयरमा शिल्पा कार्कीलाई टिकट दिएको छ ।
