सुनको मूल्य घट्याे, आज कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्य घट्याे, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, १३ वैशाख । सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सोमबार सुन तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।

चाँदीको भाउ भने स्थिर नै छ । सोमबार १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.