मुस्ताङको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको जित

३१ बैशाख ७९, आइतबार

जेठ १,मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

Advertisement

अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गरेका हुन।

उनका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गरिन।

Advertisement

यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी भएकाछन ।

उनका प्रतिस्पर्धी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

यो सँगै मुस्ताङको सबै पालिकाको अन्तिम परिणाम आइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top