गोरखामा अझै सुरु भएन मतगणना

१ जेठ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन ।

भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण मतपेटिका संकलनमा ढिलाइ भएकाले गणना सुरु गर्न नसकिएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए ।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसके पनि आवश्यक प्रक्रिया बाँकी रहेको उनले जानकारी दिए ।

केही प्रक्रिया बाँकी छ, त्यो पूरा गरेर सर्वदलीय बैठक बस्छौं, अनि गणना शुरु गर्छौं,’ उनले भने । आजबाटै गणना शुरु हुने उनले बताए ।

Scroll to Top