पहिलो महिला टी–२० क्रिकेटमा युगान्डासँग नेपाल १२ रनले पराजित

पहिलो महिला टी–२० क्रिकेटमा युगान्डासँग नेपाल १२ रनले पराजित

२ जेष्ठ ,काठमाण्डौ ।युगान्डासँगको पहिलो महिला टी–२० क्रिकेटमा नेपाल १२ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युगान्डाले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर ९० रन मात्रै बनायो । नेपालका लागि इन्दु

बर्माले सर्वाधिक १६ रन बनाइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले पाँच विकेट गुमाएर एक सय दुई रन बनायो । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो ।

दोस्रो खेल भोलि मङ्गलवार र तेस्रो टी–२० जेठ ५ गते बिहीवार हुनेछ । दुई टोलीबीचको चौथो खेल जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.