×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर उपमेयरमा ७ हजार मत बदर

२ जेष्ठ २०७९

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा उपमेयर पदको सात हजार भन्दा बढी मत बदर भएको छ ।

सोमबार दिउँसोसम्म १६ हजार ३४३ मत गणना गर्दा मेयरमा पाँच हजार १४६ र उपमेयरमा सात हजार २११ मत बदर भएको हो ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदर भएको अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेका थिए ।

‘उम्मेदवार नभएको पदमा परेको मत स्वत बदर हुन्छ,’ उनले भने, ‘मेयर–उपमेयर पदमा धेरै मत बदर भएका छन् ।’

१६ हजार ३ सय ४३ मत गणना गर्दा विराटनगरको मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले पाँच हजार १८३, एमाले उम्मेदवार सागर थापाले तीन हजार ६६७,

स्वतन्त्र उम्मेदवार उमेश यादवले एक हजार ७२० र राप्रपा उम्मेदवार प्रह्लाद साहले ८३२ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले चार हजार १८२, जसपा उम्मेदवार अमरेन्द्र यादवले ३ हजार ८३, स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९२२ मत प्राप्त गरेकी छन् ।

वडा अध्यक्षमा भने बदर मत तुलनात्मक रुपमा कम छ । सूचना अधिकारी बुढाथोकीका अनुसार मतगणना सकिएका १९, १८,१७ र १६ नम्बर वडा अध्यक्षको मत कम बदर भएको हो ।

वडा नम्बर १७ मा जसपाका समिर करम निर्वाचित भएका छन् । उनी एक हजार १०५ मत ल्याएर निर्वाचित भएका हुन् । सो वडामा वडा अध्यक्षको २५४ मत बदर भएको छ । प्रमुखमा भने १७०१ मत बदर भएको छ । उपप्रमुखमा १७६१ मत बदर भएको छ ।

वडा नम्बर १९ मा उपप्रमुखमा १९३८ मत बदर भएको छ । प्रमुख पदमा ८५३ मत बदर भएको छ । सो वडाको वडाध्यक्षमा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् । वडाध्यक्ष पदको ३०८ मत बदर भएको थियो ।

वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र साह निर्वाचित भएका छन् । सो वडामा प्रमुख पदको ९८१ र उपप्रमुख पदको १३१६ मत बदर भएको छ ।

वडा नम्बर १६ मा कांग्रेसका उद्धव भुजेल निर्वाचित भएका छन् । सो वडा अध्यक्षको २६७ मत बदर भएको छ । उपप्रमुख ११०२ र प्रमुख पदको ७५६ मत बदर भएको छ ।

Advertisement

नेपाली कांग्रेस विराटनगरका नगर सभापति दीपक चापागाई मत बदर हुने डरले गठबन्धन उम्मेदवारले एक छापे मत हाल्दा गठबन्धनको मत धेरै बदर भएको बताउँछन् । ‘वडा तहसम्म गठबन्धन नभएका कारण मत बदर हुनसक्ने भएका कारण एउटै लहरमा मतदान भयो,’ उनले भने ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top