सुवास नेम्वाङले भने प्रमुख प्रतिपक्षलाई सबै दल मिलेर एक्लाउने कुरा नेपालमा मात्रै देखियो

३ जेष्ठ ,काठमाण्डौ ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु आश्चर्य भएको बताएकाछन ।
आज मङ्गलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताएका हून ।

उपाध्यक्ष नेम्वाङले सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गरे ।

उनले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताए ।

उनले भने, ‘हामीलाई सबै मिलेर एक्ल्याउने प्रयास भए पनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहित छु । जे भएको छ त्यो गलत भएको छ । गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरीत भएका गठबन्धनहरू देश र जनताको हितमा हुँदैनन् ।’

यसैबीच उपाध्यक्ष नेम्वाङले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्नेबारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताएकाछन।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पालिका चुनावको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताए ।

उनले पालिका चुनावमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाए।

प्रमुख सचेतक भट्टराईले पालिका चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमको घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताए ।

उनले चुनावको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताएका छन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top