काठमाडौं ः भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढे पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ ।पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन ।