सिक्किममा ‘कबड्डी ४’ को प्रदर्शनलाई रोक लगाउन बौद्ध धर्मगुरुहरुको माग

२१ जेठ ७९, आइतबार

२२ जेष्ठ ,काठमाडौं । अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन ।

दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ ।

विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ ।

Advertisement

सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे ।

Advertisement

‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ ।’

‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए ।

‘जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ,’ उनले भने ।

सिक्किममा ‘कबड्डी ४’लाई जुन १७ मा रिलिज गर्ने तयारी छ । गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुव्र्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् ।

उनको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको थियो । रिहा गर्नुपर्ने भन्दै प्रदर्शन चर्किएपछि तीन हजार रुपैयाँ धरौटीमा फुर्वालाई रिहा गरियो र दुवैले सहमतिपत्रमा हस्ताक्षर पनि गरे ।

त्यसपछि पनि आरोप(प्रत्यारोप रोकिएको छैन । मिरुनाले आफूले गल्ती नगरेको बताएकी छन् भने फुर्वाले पनि गल्ती नगरेको दावी गरेका छन् । सामाजिक सञ्जालमा आरोप प्रत्यारोप पनि रोकिएको छैन ।

सिक्किमसहित भारतका १५ सहरमा ‘कबड्डी ४’लाई प्रदर्शन गर्ने तयारी छ । तर बौद्ध समुदायको विरोधपछि भने फिल्मलाई चुनौती थपिएको छ ।

फिल्मका निर्माता मणिराम पोखरेलले सिक्किममा सिर्जना भएको विवादलाई समाधान गर्न प्रयास भइरहेको बताए ।

 

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top