मोरङ केराबारीका एक थुनुवाको प्रहरी हिरासतमा मृत्यु

२७ जेष्ठ, विराटनगर । ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

Advertisement

जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

Advertisement

आफ्नै पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए । सकुन्तलामाथि आक्रमण भएको घटना २०७८ माघको हो ।

त्यसबेला प्रहरीले पक्राउ गरेपछि ठकुरीलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएका कारण पछि उपस्थित गराउने शर्तमा उनलाई माघ ४ गते हाजिर जमानीमा छाडिएको थियो ।

Advertisement

ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

आफन्तले भने प्रहरीको कुटपिटबाट मृत्युु भएको दाबी गरेका छन् । प्रहरीले कुटपिट गरेका कारण भिनाजुको मृत्यु भएको मृतकका सालो किसन शाहीले आरोप लगाए ।

‘घरबाट सकुशल ल्याएको मान्छेको मृत्यु प्रहरीको कुटपिटबाट भएको हुनसक्छ,’ उनले भने, ‘निश्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’

राज्यको नियन्त्रणमा रहेका बेला मृत्युु भएकाले मृतक परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top