×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो,अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

२७ जेष्ठ २०७९

२७ जेष्ठ ,काठमाण्डौ । देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो ।

Advertisement
Advertisement

चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो ।

वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्युरतेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ ।

यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २४ दशमलव ९ प्रतिशतले वृद्धि भइ १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

१० महिनामा वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँ भएकोमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको हो ।

१० महिनाको अवधिमा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा रेमिट्यान्स भने बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तममा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले बढेको हो ।

अमेरिकी डरलमा भने वैशाखसम्ममा रेमिट्यान्स एक दशमलव ६ प्रतिशतले घटेकोे छ । डलरको भाउ बढ्दा यस्तो भएको हो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

वैशाख महिनामा मात्रै भने ८७ अर्ब नौ करोड रुपैयाँ रेमिट्यान्स आएको हो । यो रकम फागुन र चैतको भन्दा कम हो ।

वैदेशिक मुद्रा जोगाउन सरकारले आयातमा कडाइ गर्दै आए पनि सञ्चिति भने झन् ओरालो लागेको छ ।

प्रतिवेदनअनुसार गएको वैशाख मसान्तसम्म देशमा नौ अर्ब २८ करोड अमेरिकी डलर मात्रै सञ्चिति रहेको छ ।

यो अघिल्लो महिनाको भन्दा ३३ करोड डलरले कमी हो । अघिल्लो वर्षको तुलनामा विदेशी मुद्राको सञ्चिति २१ दशमलव १ प्रतिशतले घटेको छ ।

वैशाखसम्मको सञ्चितिले ६ महिना १७ दिनको वस्तु र सेवाको आयात गर्न पुग्छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा देशले अत्यावश्यक वस्तु र सेवा खरिद गर्ने सामर्थ्य गुमाउने जोखिम आउनसक्छ ।

देशको चालु खाता पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशतभन्दा धेरै हो ।

कुल गार्हस्थ्य उत्पादनको आठ प्रतिशतभन्दा धेरै चालु खाता हुनु जोखिमपूर्ण मानिन्छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top