३० जेष्ठ ,काठमाण्डौ । एक सय १३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।
भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँको बाटो हुँदै कछुवा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले टेमानीलाई पक्राउ गरेको हो ।
उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै आजै प्रहरीले काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वरबाट १० वटा ज्युँदा कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १ घर भएका राज देउला र राहुल देउला रहेका छन् ।