सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन छाडी प्रधानमन्त्री एनआरएनको कार्यक्रममा सहभागी

१ असार ७९, बिहीबार

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो ।

तर प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन् । उनको सचिवालयका अनुसार देउवा बिहीबार दिउँसो साढे २ बजे होटल र्‍याडिसनमा गैर आवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछन् ।

बिहीबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवा संसदमा उपस्थित नभएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाएका थिए ।

‘यो गरिमामय संसदमा प्रधानमन्त्रीज्यू किन उपस्थित हुन सक्नुभएन रु’ उनले सोधे, ‘बिरामी हुनुहुन्छ कि विदेश जानुभएको हो कि, होइन भने आफ्नो जिम्मेवारीको विभागको प्रधानमन्त्रीज्यूले नै जवाफ दिनुपर्छ ।’

सांसद सुवालले प्रधानमन्त्री बिरामी भएको भए वा विदेश गएको भए संसदलाई जानकारी हुनुपर्ने भन्दै विना जानकारी संसदमा उपस्थित हुन नमिल्ने बताए ।

आफ्नो जिम्मेवारीको विभाग र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै उनले सामान्य बैठकका लागि प्रधानमन्त्रीले संसद छोड्न नमिल्ने बताए

‘विदेश जाुनभएको हो भने यहाँ कार्यभार कसले लिनुभएको हो रु उहाँले बोल्न पाउनुहुन्छ, अस्पतालमा भर्ना हुनुभएको हो भने डाक्टरको प्रेस्किप्सन चाहिन्छ’ उनले भने, ‘नत्र यो मिल्दैन सभामुख महोदय, प्रधानमन्त्रीज्यूलाई नै जवाफ दिने बन्दोबस्त गर्न अनुरोध गर्दछु ।’

तर देउवाले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण गृहमन्त्री बालकृष्ण खाँणलाई तोकेको पत्र संसदलाई प्राप्त भएको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top