यो सातामा पहिलो पटक सेयर बजारमा वृद्धि

१ असार ७९, बिहीबार

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२।५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए ।

Advertisement

बिहीबार बजार १९७८।९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट कुल १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।

Advertisement

बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

यसको मूल्य ५४२।५० रुपैयाँ पुग्यो । रिभर फल्स पावरको मूल्य ९।९७ प्रतिशतले बढेर २९० रुपैयाँमा पुग्यो ।

Advertisement

सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ९।९६ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३।८० प्रतिशतले घटेको छ ।

राष्ट्र उत्थान लघुवित्त, माउण्टेन इनर्जीसहितका कम्पनीको मूल्य समेत धेरै घटेको छ । बिहीबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top