दाङमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार

४ जेष्ठ ,तुलसीपुर । दाङको तुलसीपुरमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का ३० वर्षका कमल चौधरी र २४ वर्षका शङ्कर विक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

असार २ गते राति सशस्त्र प्रहरी बेस क्याम्पको पछाडि रहेको गणेश चन्दको घरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

Advertisement

बलात्कारमा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका–९ का अर्जुन विक र अर्जुन नेपाली फरार रहेका छन् । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नमध्ये ३ जनाले सामूहिक बलात्कार गरेको र कमल चौधरीले युवतीलाई बोलाउने काम गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top