×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्यार्थी संगठन क्रान्तिकारीको बैठकमा हात हालाहाल

५ असार २०७९

५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको छ ।

आइतबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवाद सुरु भएको थियो ।

Advertisement

पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको र हातहालाल नै भएको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् ।

विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको थियो।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठन भन्दा बाहिरका मान्छेहरु आएर हुलहुज्जत गरेकाले विवाद भएको भन्दै बैठक अब बस्न लागेको बताइन् ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विवादपछि प्रचण्ड आउने वा नआउने टुंगो छैन ।

पदाधिकारी चयन उचित तरिकाले नभएको भन्दै अखिल क्रान्तिकारी भित्र नेता पवन कार्कीले समानान्तर गतिविधि अगाडि बढाइरहेका थिए ।

अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठनबाट निलम्बन गरेको थियो ।

बढ्दो विवादबीच माओवादी नेताहरुले हस्तक्षेप गरेर मिलाउने कोसिस गरेका थिए ।

माअ‍ोवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले विवाद मिलाउन निर्देशन दिएपछि पदाधिकारी बैठक बसेर विवाद समानको कोशिस गरिएको थियो ।

Advertisement

दुई दिनको पदाधिकारी बैठकपछि विवाद मिलेको भन्दै अखिल क्रान्तिकारीले कार्कीमाथिको कारवाही फिर्ता लिएको थियो भने कार्कीले समानान्तर गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top