६ असार, एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् ।
राष्ट्रपतिका छोरी सारा डुटर्टेले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएकी छन् ।
४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हालेकी थिइन् । उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ । राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको छ ।
फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बनेका थिए ।