दुहबीमा बेपत्ता अफरोजलाई खोज्न डोजरसहितको प्रहरी टोली

५ असार ७९, सोमबार

६ असार, विराटनगर । शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् ।

सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।

शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए ।

युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या गरी शव बूढीखोलामा फालेको बयान दिएका छन् ।

बयानका आधारमा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार आइतबार राति खोलामा खोजी गर्ने क्रममा कपडा भेटिएको थियो ।

‘पक्राउ परेकाहरुको बयानका आधारमा राति बूढीखोलाको पुलमुनि खोजी गरियो, तर एक्कासी बाढी आएपछि गाह्रो भयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले आज बिहानैदेखि खोजी भइरहेको छ ।’

सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो ।

तर बेपत्ता युवक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका युवक मध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top