आज फराकिलो अंकले बढ्यो सेयर बजार

६ असार ७९, मंगलबार

७ असार, काठमाडौं । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार मंगलबार फराकिलो अंकले बढेको छ । ३७।४९ अंकले बढेको बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ ।

Advertisement

जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई संकेत गर्छ ।

कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ ।

Advertisement

मंगलबार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका मध्ये आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।

Advertisement

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर ९।९९ प्रतिशतले बढ्यो । यस्तै सप्तकोशी विकास बैंकको सेयर मूल्य दोस्रो बजामा ९।९८ प्रतिशतले नै बढ्यो ।

मंगलबारको दोस्रो बजारमा नबिल बैंक ब्यालेन्स फण्ड २ र तेह्रथप पावर कम्पनीको सेयर धेरै घट्ने दुई कम्पनीमा देखिए ।

धेरै कारोबार हुने प्रमुख कम्पनीमा नेपाल टेलिकम, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख रहे ।

ती कम्पनीको सेयर क्रमशः ११ करोड ७२ लाख, ४ करोड ३२ लाख, ३ करोड ४४ लाख र ३ करोड २५ लाख रह्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top