×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गर्मीमा स्वस्थ रहन यी कुराहरु अपनाउनुहोस्

३ भाद्र २०७५

विराटनगर,भदौ ३
गर्मी मौसमा प्राय मानिसलाई खानामा अरुची बढ्ने समस्या हुन्छ ।कतिपय मानिस खानामा अरुचि बढेसँगै वाकवाकी लाग्ने,टाउको दुख्ने, पेट दुखाईको समस्याबाट प्रभावित भएको पाइन्छ र गर्मीले गर्दा शरिर कमजोर भई अस्पतालसम्मै पनि पु¥याउँछ ।

गर्मी मौसममा खानपिनमा विशेष ध्यान दिन नसक्दा यस्ता समस्या हुने गरेको विज्ञहरु बताउँछन्।गर्मीमा सन्तुलित खानापानसँगै नियमित व्यायाममा जोड दिनुपर्छ। यो मौसमा पिरो, अमिलो र अन्य खानेकुरा खानु हुँदैन।प्रशस्त मात्रा पानी तथा झोल पर्दाथ पिउने गर्नुपर्छ। गर्मी मौसममा मसलादार, तारेभुटेका खानाबाट टाढै रहन सके बिरामी हुने संभावना निकै कम हुन्छ ।

Advertisement
Advertisement

गर्मी मौसममा यी कुरामा ध्यान दिऔँ : 

 चिसो पेयपदार्थ
गर्मी मौसममा चिसो पेयपदार्थको प्रयोग बढी हुने गर्छ।एक छिनलाई शितलता दिएपनि यसले शरीरलाई कत्ति पनि फाइदा गर्दैन। यस्ता पेय पदार्थले पटक पटक पिसाब मात्र लाग्ने भएकाले शरीरमा पानीको मात्रा घट्न गइ व्यक्ति बिरामी हुने संभावना बढी हुन्छ।

मसलेदार खानेकुरा
गर्मीको समयमा तापक्रम वृद्धि हुने भएकाले मसलेदार खानेकुरा खानुहुँदैन।यस्ता खानाले शरीरमा तापक्रमको मात्रा बढाउनमा मद्धत गर्छ। जसले गर्दा बढी मात्रामा पसिना बग्न गइ शरीरमा पानीको अभाव सृजना गर्छ। यस्तो समयमा फलफूल धोइपखाली खानुपर्छ।

तारे वा भुटेको खानेकुरा
गर्मी मौसममा तारेका परिकार खाँदा अपच हुने संभावना बढी हुन्छ।जसको कारण बिरामी पर्न संभावना पनि त्यत्तिकै बढी हुन्छ। त्यति मात्र नभएर तारेको खानेकुराले छालामा चिल्लोपना बढ्न गइ छालाजन्य समस्याको जोखिम पनि बढ्न जान्छ।

चिया-कफी

गर्मी मौसममा चिया र कफीको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन।चिया कफीले फाइदाभन्दा बढी बेफाइदा गर्छ।

जंक फूड/फास्ट फुड
गर्मी होस् वा जाडो मौसममा सकेसम्म जंक फुडबाट टाढै बसेको राम्रो।गर्मी मौसममा जंक फुड वा फास्ट फुडले फुड पोइजन हुने संभावना बढी हुने भएकाले यस्ता खाना नखाएकै बेस।

Advertisement

माछार मासु
मासुमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। त्यसैले धेरै मात्रामा माछा मासु खाँदा सजिलै पचाउन सकिदैन र अपचको समस्या देखापर्छ।त्यसैले गर्मीमा सकेसम्म सागपात,दाल,भातमै जोड दिनु बुद्धिमानी मानिन्छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top