त्रिभुवन विमानस्थलमा सेम्‍पोको बट्टामा लुकाइएको सुन फेला

९ असार ७९, शुक्रबार

१० असार,काठमाण्डत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेम्‍पोको बट्टा खोल्दा सुनको सिक्री फेला परेको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा सेम्पोको बट्टामा सिक्री भेटिएको हो ।

सलाम एयरवेजको उडान ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनीहरूले ल्याएको मालवस्तु विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा सेम्पोको बट्टाभित्र सिक्री भेटिको भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए ।

सिरहा घर भएका निरञ्जनकुमार सिंहले सनसिल्क सेम्पुको डब्बाभित्र सेम्पु ९झोल० सँगै मिसाई १०० ग्राम सुन लुकाइछिपाइ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको बताइएको छ ।

Advertisement

त्यस्तो सुनसहित पक्राउ परेका यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top