साउदीमा समस्यामा परेकालाई नेपाल पठाइदिन्छु भन्दै ठग्नेहरुबाट सचेत रहन दूतावासको आग्रह

१६ असार, काठमाडौँ । साउदीमा समस्यामा परेकाहरूलाई नेपाल पठाउन एक्जिट भिसा लगाइदिन्छु वा सेटिङमा नेपाल पठाउँछु भन्दै ठगी गर्नेहरु बढेपछि दूतावासले सचेत गराएको छ ।

साउदीबाट नेपाल फर्किन एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुन्छ । एक्जिट भिसाको प्रक्रिया गर्न कति पनि शुल्क कतै पनि तिर्न पर्दैन ।

तर यदि कोही व्यक्तिले एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा मैले चिनेको मानिस छन् भन्दै पैसा मागेमा त्यस्ता मानिसको पछि नलाग्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

Advertisement

यसका साथै साउदीमा समस्यामा परेकाहरूलाई सेटिङमा नेपाल पठाइदिन्छु मैले साउदीका प्रहरी र अन्य मानिसहरू चिनेको छ भन्दै आश्वासन देखाउने क्रम बढेको भन्दै दूतावासले त्यस्ता मानिसको पछि नलाग्न सुझाव दिएको छ ।

दूतावासका अनुसार यस्ता कुराहरूको पछि लाग्छ ठगीमा परिन्छ । त्यसैले यदि कोही कसैले यस्ता आश्वासन दिएमा साउदी प्रहरीलाई ९११ नम्बरमा फोन गरी आफू पनि ठगीबाट बच्न र अरूलाई पनि बचाउन दूतावासले सबैलाई अनुरोध गरेको छ ।

साउदीमा रहेको नेपाली दूतावास र महावाणिज्यदूतावासले एक्जिट भिसा प्रोसेसिङ गरिदिन्छ । एक्जिट भिसाको प्रोसेसिङ दूतावासले निःशुल्क गरिदिन्छ । तर एक्जिट भिसा लागिसकेपछि नेपाल फर्कंने हवाइ टिकट भने व्यक्ति आफैले व्यवस्था गर्न पर्छ ।

तर दूतावासले एक्जिट भिसा सबैले भन्दैमा गर्दैन । इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको छ भने वा साउदी गएको ३ महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले इकामा नबनाइदिएमा र कम्पनीले हुरुब लगाइदिएको अवस्थाका दूतावासले एक्जिट भिसाको प्रक्रिया अघि बढाइदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासले गर्न मिल्दैन ।

जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी सरकारको नियम छ ।

त्यसैले एक्जिट भिसा प्रोसेसिङको लागि दूतावास जानुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्नुपर्छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि रियादमा रहेको दूतावासमा जाँदा हुन्छ ।

रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन दूतावासले भनेको छ ।

एक्जिट भिसा प्रोसेसिङका बारेमा बुझ्न ०५०००२१४०९ वा ०५४७०४५२७२ मा दूतावासमा सम्पर्क गर्न सकिन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top