×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिट बढाउन गठबन्धन आवश्यक रहेको कांग्रेसको निर्वाचन परिचालन समितिको निष्कर्ष

१६ असार २०७९

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो ।यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न नसकेको, सहयोगको भावना नभएको, प्रमुख र उपप्रमुखमा तालमेल बन्दै गर्दा वडा तहमा सहमति नहुने जस्ता समस्याहरु देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement

सैद्धान्तिक मतभेद भएको पार्टीका चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभई शुभेच्छुकलाई समेत गाह्रो भएको र रुख चिह्नबाहेक अरुमा मतदान गराउनु घातक हुनसक्ने जनमत पनि देखिएको प्रतिवेदनमा जनाइएको छ ।यसका बाबजुद गठबन्धन सफल भएको निर्वाचन परिचालन समितिको ठहर छ ।

निर्वाचन जित्न कांग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणाममुखी हुने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन परिणामले समेत कांग्रेसको प्रतिस्पर्धी पार्टीको मत झण्डै बराबरीको अवस्थामा आउनुले सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्न आवश्यक देखिन्छ ।’स्थानीय चुनावमा धेरै सिट जितेका कारण अब हुने चुनावमा गठबन्धन प्रभावकारी हुन सक्ने समेत समितिको विश्लेषण छ ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top