विराटनगर, भदौ ४
विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार विदा दिने निर्णय फिर्ता लिएको छ ।
अत्याधिक गर्मीका कारण मानवीय संकट सिर्जना भएको भन्दै आईतबार विदा दिने निर्णय गरेको महानगरले मौसममा परिवर्तन आएका कारण विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
गर्मी बढेका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि महानगरले विराटनगरमा सञ्चालित विद्यालय छुट्टी दिने निर्णय गरेको थियो । तर, आईतबार रातीको वर्षा कारण विराटनगरमा गर्मी हट्दै गएको छ ।