रसुवा, भदौ ४
वर्षाले राजमार्गमा क्षति पुर्याएपछि चीनबाट आयात गरिएको अर्बौंका सामान रसुवागढी नाकामा थन्किएका छन् । चाडपर्वलाई लक्षित गरेर चीनबाट मगाइएको सामान बाटोमा रोकिएको हो ।
कपडा, जुत्ता–चप्पल, इलेक्ट्रिक उपकरण, खाद्यान्नलगायतका अबौँ रुपैयाँका सामग्री केरुङ आइसकेको र सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिपभन्दा बढी ती सामग्री बिच बाटोमा रोकिएको हो ।
सडकको अवस्था बुझ्न प्रदेशसभा सदस्य शान्ति थिङको अगुवाइमा रसुवा पुगी सरोकारवाला निकायसमक्ष ताकेता गर्ने कार्यसमेत भइरहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार धुन्चे भार्खुबीच त्रिशूली नदीको दुई स्थान र रसुवागढी नजिकको पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि नेपाली सेनालाई जिम्मा दिइसकेको र नेपाली सेनाको प्राविधिक निर्देशनालयबाट खटिआएका विशेष टोलीले आज बिहानबाटै स्थलगत अध्ययन गरी छिटो काम शुरु गर्ने बताए ।