२४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए

२४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए

१८ असार ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ६७ जनाको नमूना परीक्षण गर्दा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन सय १४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ८७ हजार दुई सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.