×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

भारतको हरिद्वारमा छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति मागे

१९ असार २०७९

१९ असार,एजेन्सी ।

Advertisement

बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ । त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् ।बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ । समाचार अनुसार भारतको हरिद्वारमा उक्त घटना भएको हो । स्थानीय बहादुरवाद गाउँका रवि नामका युवाको बिहेको जन्ती निर्धारित समयभन्दा अगावै निस्किएपछि त्यसको झोँकमा उनका साथीले मुद्दा हाले र ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् ।रविले आफ्नो बिहेको कार्ड बाँड्नका लागि उनका साथी चन्द्रशेखरलाई खटाएका थिए । चन्द्रशेखरले नै रविका अन्य साथीहरु तथा आफन्तहरुलाई जन्ती जानका लागि निम्तो गरिएका कार्ड बाँडे । बिहेको कार्डमा बेलुकी ५ बजे जन्ती निस्कने समय तोकिएको थियो । पाहुनाहरु पनि सोही समयमै बेहुलाको घरमा पुगे । तर बेहुला सहितको जन्ती त अगाडि नै निस्किसकेको रहेछ । त्यसपछि जन्ती जानका लागि पुगेका पाहुनाहरु रिसले आगो भए । उनीहरुले कार्ड बाँड्ने काममा खटिएका चन्द्रशेखरलाई तथानाम गाली गर्न थाले ।उता बेहुला रविलाई यो कुराको जानकारी हुँदा समेत उनले माफी माग्नुको साटो जन्ती जान बोलाइएका पाहुनाहरुलाई उल्टै हप्काएर आ आफ्नो घर फर्किन भने ।यो घटनाबाट बित्थामा गाली खाएर अपमानित हुन पुगेका चन्द्रशेखर स्तब्ध भए । बेहुलाकै कारण आफ्नो अपमान र मानहानी भएको र आफुलाई अपूरणीय क्षति पुगेको भन्दै उनले बेहुला रवि विरुद्ध मानहानीको मुद्दा हालेका छन् ।चन्द्रशेखरले बेहुलासँग ५० लाख भारु क्षतिपूर्तिको माग पनि गरेका छन् । यसका लागि उनले एकजना वकिलको सहयोग लिएका छन् । अदालतमा उनले दायर गरेको मुद्दामा बेहुला रविलाई ३ दिनभित्र माफी मगाउन पनि माग गरिएको छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top