×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

विश्वकै खुशी मुलुक डेनमार्कमा आतंकवादी हमला’को आशंका

२० असार २०७९

२० असार,एजेन्सी ।

विश्वकै खुशी मुलुकमध्ये फिन्ल्यान्डपछि दोस्रो स्थानमा आउने डेनमार्क अहिले अशान्त बनेको छ । देशकै सबैभन्दा ठूलो सपिङ मलमा भएको फायरिङमा तीन जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आइतबार साउथ कोपेनहेगनको फिल्ड्स मलमा एक युवकले अचानक गोली चलाएका थिए र मलमा भागदौड मच्चिएको थियो । २२ वर्षीय आक्रमणकारी पक्राउ परेका छन् ।

Advertisement

प्रहरी प्रमुख सोरेन थमसनले आक्रमणको उद्देश्य स्पष्ट नभएको र यसलाई ‘आतंकवादी हमला’ भनेर इन्कार गर्न नसकिने बताएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री म्याट फ्रेडरिकसेनले डेनमार्कमा एक क्रुर आक्रमण भएको बताएका छन् । उनले भनेका छन्, ‘धेरै मानिस मारिएका छन् र धेरै घाइते भएका छन् । निर्दोष परिवारहरू किनमेल गरिरहेका थिए र खाना खाइरहेका थिए । त्यहाँ केटाकेटी र युवा–युवतीहरु थिए । हाम्रो सुन्दर र सुरक्षित राजधानी केही सेकेन्डमा नै परिवर्तन भयो ।’

मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले यस दुःखद् घडीमा डेनमार्कले एक अर्कालाई साथ र सहयोग गरोस् भन्ने चाहेको बताएका छन् । डेनमार्कको शाही परिवारले पीडित र उनीहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रहरीका अनुसार आक्रमणकारीसँग राइफल र हतियार थियो । यस आक्रमणमा अन्य कसैको संलग्नताबारे हालसम्म कुनै जानकारी आएको छैन ।

पसलेलाई आफूसँग भएको कुनै पनि भिडियो परीक्षणका लागि बुझाउन भनिएको छ । थुप्रै तले यो मलमा करिब १४० पसल र रेष्टुरेन्ट छन् । प्रत्यक्षदर्शीका अनुसार गोली चलाएको आवाज आउने बित्तिकै त्यहाँ मानिसहरु आत्तिएर भागदौड मच्चिएको थियो । इसाबेल नामकी प्रत्यक्षदर्शीले मिडियासँगको कुराकानीमा भनिन्, ‘हामीले अचानक गोली चलेको आवाज सुन्यौँ । सायद मैले १० पटक फायरिङको आवाज सुनेँ होला । त्यसपछि हामी भाग्यौँ र शौचालयमा लुक्यौँ । त्यहाँ करिब ११ जना थिए ।’ ‘हाम्रो स्थिति एकदमै खराब थियो र हामी असाध्यै आत्तिएका थियौँ । यो निकै भयानक अनुभव थियो ।’

पक्राउ परेका अभियुक्तलाई सोमबार न्यायाधीशले सोधपुछ गर्नेछन्। फिल्ड डेनमार्कको दोस्रो ठूलो सपिङ मल हो, यो २००४ मा खोलिएको थियो। डेनमार्कले यसअघि सन् २०१५ मा ठूलो आतंकवादी हमला देखेको थियो, जब कोपेनहेगनको सांस्कृतिक केन्द्र र सिनेगोगमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो र छ जना प्रहरी अधिकारी घाइते भएका थिए। बन्दुकधारी प्रहरीसँगको भिडन्तमा मारिए।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top