दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घट्यो शेयर बजार

दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घट्यो शेयर बजार

२० असार,काठमाण्डौ ।

शेयर बजार आज सोमवार दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अङ्कले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अङ्कसम्म घटेको थियो । तर बन्द हुने बेलामा भने झन्डै १० अङ्कले ओरालो लाग्यो ।नेप्से घटे पनि कारोबार रकममा भने निकै सुधार भएको छ । दुई सय ३४ वटा कम्पनीका एक करोड नौ लाख कित्ता शेयर चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।आज युनियन र ग्रिन लाइफ हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घट्दा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.