ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै आफन्त ले गरे पूर्व–पश्चिम

ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै आफन्त ले गरे पूर्व–पश्चिम

२० असार,बर्दिया ।

तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।बाँकेको कोहलपुर बसपार्क नजिक गएको शनिवार बिहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया खिमा बोहराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तले आज सोमवार भुरीगाउँमा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका हुन् ।उचित राहत, क्षतिपूर्ति र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतिनिधि, ट्रक व्यवसायी समिति र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा हिजो आइतवार बेलुकासम्म छलफल भए पनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजेदेखि राजमार्ग बन्द गरिएको बालिकाका फुपू भूमिका वलीले बताए । बालिकाको शव नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ, अहिलेसम्म पोस्टमार्टम पनि भएको छैन, सहमति नभएसम्म बालिकाको शव नबुझ्ने मृतक बालिकाका आफन्तले जनाएका वलीले बताए ।पीडित पक्षको माग सम्बोधनका लागि फेरि छलफल गर्ने गरी राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट कोहलपुर चौराह आउँदै गरेको प्र।१–०२–०१ ख ९२२९ नम्बरको ट्रकले शनिवार बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो । ट्रक चालक सिरहाको मिर्चैया नगरपालिका ७ का ३१ वर्षीय तिलप्रसाद खतिवडालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.