सुर्खेतमा सुख्खा पहिरोले हिँडिरहेकी एक महिलाको आधा शरीर पुरियो

२० असार ७९, मंगलबार

२१ असार,सुर्खेत ।

Advertisement

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ।बाटोमा हिँडिरहेका बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी अमृता जैसी पहिरोमा परेकी हुन्।उद्दारका लागि गएको प्रहरीले लगातर पहिरो खसिरहेकाले उद्दार गर्न सकेको छैन।‘कम्मरमुनिको भाग पुरिएको भनेर हामीलाई टिपाएको छ, प्रहरी उद्दारका लागि घटनास्थल गइसक्यो,’ डिएसपी कार्कीले भने, ‘घटनास्थल प्रहरी पुगेपछि पहिरो खसिरहेकाले उद्दार गर्न नसकेको भन्ने आएको छ।’यस्तै, सोही ठाउँकी रती कामी उक्त पहिरोमा परी घाइते भएकी छन्।उनको टाउकोमा चोट लागेको डिएसपी कार्कीले बताए। प्रहरीका अनुसार उनीहरू अछामबाट कैलाली जान हिँडेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top