पोल ढलेपछि उदयपुरको त्रियुगा र चौदण्डीगढी चार दिनदेखि अन्धकारमय

२१ असार ७९, मंगलबार
Share this
732shares

२१ असार,उदयपुर ।

Advertisement

उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबारको बाढीले ढालेको पोल मर्मत नगर्दा ती नगर क्षेत्रसहित अन्य गाउँका बासिन्दाले बिजुली सेवा पाएका छैनन्। त्रियुगा २ लुहालेखोलामा आएको बाढीले पोल ढालेपछि नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँमा बिजुली छैन।भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मर्मत नभएको गुनासो गरे।शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी १ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो।चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्कीले बिजुली गएको चार दिन भइसकेको बताए।विद्युत् प्राधिकरण गाईघाटका इञ्जिनियर सत्यनारायण साहले बाढीले धेरै पोल ढालेर क्षति पुर्‍याएको बताए। ढलेका पोल उठाएर र नयाँ पोल राखेर बिजुली सेवा पुनस् सुचारू गर्ने तयारीमा आफूहरू रहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top