खोटाङ रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य मृत फेला

२२ असार ७९, बिहीबार

२३ असार,खोटाङ ।

खोटाङको रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छिन ।गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीया विश्वकर्मा आज बिहीवार बिहान मृत फेला परेकि हून। मङ्गलवार माइतीतर्फका हजुरबाको निधन भएपछि माइतीघर पुगेकी विश्वकर्मा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बुधवार राति मेनुजा बहिनी र दुई छोरीसहित माइतीघरमा सुतेकि थिइन । रातको २ बजे शौलाचय गएर आएपछि निदाएकी उनको घरको तलामा बिहान मृत अवस्थामा फेला परेकी वडा सदस्य महेश श्रेष्ठले बताए । श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीमा दुबई गएपछि मेनुजाले दुई छोरीसहित घर सम्हाल्दै आएकि थिइन। मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्ने गरेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।मेनुजाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताए ।मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्रो पटक विजयी भएकी थिइन। उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन । स्नातक उत्तीर्ण मेनुजाले कांग्रेसको वडा सभापतिको जिम्मेवारी पाएकी थिइन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top