अहिलेको सरकार नराम्रा कामहरुको थुप्रो हो – केपी शर्मा ओली

२४ असार ७९, शुक्रबार
Share this
742shares

२४ असार, काठमाडौं

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको आरोप लगाएका छन् ।शेरबहादुर देउवा नेतृत्वको सरकार अबिलम्ब हट्नुपर्ने ओली बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन अबिलम्ब हट्नुपर्दछ । लाज नभएका व्यक्तिहरु त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिंडिरहेका छन् ।’वर्तमान सरकारले राम्रो एउटा पनि काम नगरेको र नराम्रो मात्रै गरेको उनले आरोप लगाए । ‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको दखाओस् त ’ उनले भने, ‘नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि नमिल्ने यो सरकार अबिलम्ब हट्नुपर्दछ ।’
सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउनसक्ने ओलीले चेतावनी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top