श्रीलंकामा राष्ट्रपतिको सरकारी निवास भित्रै प्रदर्शन

२५ असार,एजेन्सी।

Advertisement

श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । उसले न्यून मात्रामा मात्र पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि खरिद गर्न पाएको छ ।मुलुकको यो स्थिति आउनुमा राष्ट्रपति गोटावाया राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top