आफूले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको ओलीले गरे दावी

२९ असार, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् ।आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए ।‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन’ उनले भने, ‘मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन ।’ मानव अधिकार एलायन्सको कार्यक्रममा बुधबार ओलीले अघि भने, ‘त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो ।’उनले मानव अधिकार आफ्नो निष्ठा भएको दावी गरे । ‘मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो ।’ओलीले राजनीति विकृत भए मानव अधिकार उलंघनको घटना बढेर जाने पनि बताए ।

Scroll to Top