इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई

इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई

३ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने धारणा राखे ।‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ’, प्रधानमन्त्री देउवाले भने, ‘इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.