आज सेयर बजारमा एकल अंकको सामान्य वृद्धि

४ साउन, काठमाडौं ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४।८९ अंक ९०।२४ प्रतिशत० ले बढेर २०५०।५९ बिन्दुमा पुगेर रोकिएको छ ।नेप्सेमाएकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् । यता विकास बैंक वित्त कम्पनी लगायतका उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक १।९१ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको बजारमा बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख र आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाखको कारोबार भएको छ ।

बुधबार धेरै मूल्य बढ्नेमा मल्टिपर्पस फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ५।६९ प्रतिशतले वृद्धि हुँदा कर्णाली डेभलपमेन्ट बैंकको ४।३५ प्रतिशत र शिवम् सिमेन्टकोे सेयरमूल्य ३।८७ प्रतिशतले बढेको छ ।यता मूल्य धेरै घट्ने शीर्ष ५ कम्पनीमा ४ वटा ऋणपत्र र समुहिक लगानी कोषको इकाइ रहेका छन् । सूचीकृत कम्पनीमा इमर्जीङ नेपालको सेयरमूल्य ४।३१ प्रतिशतले गिरावट भएको छ ।कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top