भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित

६ साउन,एजेन्सी ।
छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।विशेष गरि भारतका केरला, पश्चिम बंगाल, तमिलनाडु, महाराष्ट्र, असम, आन्ध्र प्रदेश, हिमाञ्चल प्रदेश, मिजोरम र अरूणाचल प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ।पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ८ सय ८२ नयाँ संक्रमित थपिएका छन् भने १६ हजार ७ सय १० जना निको भएका छन्।यस्तै ३७ संक्रमितको मृत्यु भएको छ।बुधबारको तुलनामा बिहीबार नयाँ केसमा १७ प्रतिशतले कमी आएको हो। बुधबार २१ हजार ५६६ जना संक्रमित हुनुका साथै २६ जनाको ज्यान गएको थियो।भारतका महाराष्ट्र, तमिलनाडु, कर्नाटक, पश्चिम बंगाल, ओडिशा राज्यमा दैनिक १ हजार भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्।पश्चिम बंगालमा मात्रै पछिल्लो २४ घण्टामा २४८६ नयाँ संक्रमित फेला परेको र ६ जनाको ज्यान गएको भारतीय स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ। यस्तै महाराष्ट्रमा पछिल्लो २४ घन्टामा २२८९ नयाँ संक्रमित फेला परेका छन्। यस्तै महाराष्ट्रमा बिहिबार ६ जनाको मृत्यु भएको छ।भारतका असम, सिक्किम, हिमाञ्चल प्रदेश, नागाल्याण्ड, मेघालय र पश्चिम बंगालमा संक्रमण दर १० प्रतिशतभन्दा बढी छ।भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top