×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

१२ श्रावण २०७९

१२ साउन, काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै छन् ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनेछन् ।

Advertisement
Advertisement

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि उनको नेपाल भ्रमण हुन लागेको हो ।

नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो ।

यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए ।

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गरेका थिए ।

Advertisement

लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेकाले यसलाई चासोका साथ हेरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top