आईसीआरसीले गर्यो युक्रेनको कारागारमा भएको आक्रमणमा आवश्यक उद्धार गर्न प्रस्ताव

१४ साउन,एजेन्सी ।
युक्रेनी युद्धबन्दीलाई राखिएको ठाउँमा भएको आक्रमणमा परि घाइते भएकाको उद्धार गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समिति  (आईसीआरसी) ले प्रस्ताव गरेको छ ।रुस समर्थित पृथकतावादीको कब्जामा रहेको डोनेट्स्क प्रान्तको फ्रन्टलाइन सहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको ज्यान गएको छ भने ७५ जना घाइते भएका छन् ।

रुसले युक्रेनमा आक्रमणका घटना बढाउँदै लगेको अवस्थामा अन्य कारागारका कैदीबन्दी समेत सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्धार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनामा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाएका छन् ।

आईसीआरसीले घाइतेलाई बाहिर निकाल्न र उपचार तथा अन्य सुरक्षा उपकरण सहयोग गर्ने प्रस्ताव पनि गरेको छ । आईसीआरसीले अन्य मानवीय सहायताका लागि विभिन्न दातृ निकायसँग पनि आग्रह गरेको छ । रुसले युक्रेनको पूर्वी र उत्तरी क्षेत्रमा आक्रमण तीव्र पारेको छ ।

युक्रेनी सेना दक्षिणी सहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको हो । पुनः कब्जा गर्ने उद्दे श्यले युक्रेनी सेनाले खर्सोनको मुख्य पुलमा अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि रुसी सेनाले पनि उत्तर तथा पूर्वी क्षेत्रमा आक्रमण बढाउँदै लगेको बीबीसीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top