धरानस्थित बीपी प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

१५ साउन, काठमाडौं ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरे ।प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिएका हुन् ।

प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो । संग्रौला नेपाली कांग्रेसका नेता डिला संग्रौलाका श्रीमान हुन् ।यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा.जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए । प्रतिष्ठान सिनेट सदस्यमा डा. ज्ञानेन्द्र मल्ल र डा.स्मृति कार्की पनि मनोनित भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top