×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पृथ्वीमा खस्यो चिनियाँ रकेटको भग्नावशेष

१५ श्रावण २०७९

१५ साउन,एजेन्सी ।

चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा पठाएको एउटा रकेटको भग्नावशेष अन्तरिक्षबाट पृथ्वीमा खसेको छ । उक्त भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार लङ मार्च फाइभबी रकेटका भग्नावशेषहरू खसेका हुन् ।

Advertisement
Advertisement

चिनियाँ अन्तरिक्ष निकायका अनुसार उक्त रकेटको अधिकांश भग्नावशेष वायुमण्डलमा जलेको थियो । प्रशान्त महासागरस्थित सुलु सागरमा रकेटको मुख्य भाग अवतरण गरेको चीनले जनाएको छ । यसअघि नै अन्तरिक्षविज्ञहरूले पनि उक्त रकेट मानवबस्ती भएको स्थानमा खस्ने सम्भावना निकै कम भएको बताएका थिए । रकेटको ’कोर स्टेज’ भनिने आधारभूत संरचना यसरी अनियन्त्रित रूपमा पृथ्वीमा आएका कारण अन्तरिक्षमा हुने फोहोरको उत्तरदायित्वसम्बन्धी प्रश्न उठेको बीबीसीले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष प्रशासन नासाले चिनियाँ अन्तरिक्ष निकायलाई रकेट पृथ्वीमा फर्किँदा ससाना टुक्रा हुनेगरी विघटित हुने खालको अन्तर्राष्ट्रिय प्रचलनअनुसारको ढाँचा बनाउन आग्रह गर्दै आएको छ । तर मंगलवार चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले पश्चिमा सञ्चारमाध्यमहरू अमेरिकाको नेतृत्वमा लङ मार्च फाइभको तेजोबध गर्ने अभियानमा लागेको आरोप लगाएको थियो । चीनले अन्तरिक्षमा आफ्नो छुट्टै केन्द्र बनाइरहेको छ । चीनले गत आइतवार एउटा ल्याब मोड्यूलसहित लङ मार्च फाइभ रकेट ट्येन्गूङ केन्द्र पठाएको थियो ।

चीन सरकारले बुधवार उक्त रकेट फर्किँदा सम्भवतः समुद्रमा अवतरण गर्ने भएकाले मानिसहरूलाई कम जोखिम भएको बताएको थियो । यद्यपि रकेटका टुक्राहरू मानवबस्ती भएको स्थानमा खस्न सक्ने सम्भावना भने थियो । सन् २०२० को मे महिनामा रकेटको टुक्रा आइभोरी कोस्टमा खस्दा केही क्षति पुगेको थियो ।

Advertisement

द एरोस्पेस कर्पोरेशनका अनुसार पृथ्वीको वायुमण्डलमा नजल्ने फोहोर बसोबासयुक्त क्षेत्रमा खस्न सक्छ। तर, यो भग्नावशेषबाट कसैलाई नोक्सान हुने सम्भावना निकै कम हुन्छ । अमेरिकाको ओर्बिटल डोबरीज मिटिगेसन स्ट्यान्डर्ड प्र्याक्टिसेसले २०१९ मा जारी गरेको प्रतिवेदन अनुसार रकेट अनियन्त्रित भएर पृथ्वीमा पुनः प्रवेश गर्दा हुन सक्ने हताहती १० हजारमा एक हो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top