Nepal Times
Nepal Times
162
Shares

कोशी र नारायणी नदीमा बाढी, स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने

कोशी र नारायणी नदीमा बाढी, स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने

१६ साउन, विराटनगर । कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ ।

नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सङ्खुवासभा, काठमाण्डौ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी, पाल्पा, कालीकोट र दार्चुला आसपास भएर बहने नदी खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.