अमेरिकी पाठ्यक्रममा डा. विष्णुमाया परियारको पाठ

१६ साउन ,काठमाण्डौ ।

Advertisement

अमेरिकाको सरकारी विद्यालयमा नेपाल अभियन्ताको पाठ समावेश भएको छ । मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ ।

Advertisement

उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा परियारबारे पाठ समावेश गरिएको छ । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको च्याप्टरमा परियारको बारेमा तयार पारिएको बृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको छ । भिडियो र स्लाइड शोको माध्यमबाट पढाइने उक्त पाठमा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाइडहरु समेत समावेश गरिएको छ ।

यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयहरुमा उपलब्ध रहेको छ भने आगामी बर्षदेखि राज्यका धेरै विद्यालयहरुमा लागू हुने न्युयोर्क सिटी पोस्टले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघको विकास लक्ष्यको १० नम्बरमा रहेको असमानता हटाउने विषयमा पाठ लक्षित गरिएको छ । पाठको सुरुमा अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कबारे उद्दृत गर्दै असमानताबारे भिडियोमार्फत बुझाएपछि विद्यार्थीहरुलाई डा. विष्णुमाया परियारबारेको भिडियो देखाइनेछ ।

Advertisement

पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ भने डा. विष्णुमाया परियारबाट स्थापित एड्वान जातीय प्रणालीबाट सिर्जित समस्यालाई सम्बोधन गर्न कसरी काम गरिरहेको छ भन्नेबारे समेत कक्षामा छलफल गरिनेछ । कक्षा ७ को पब्लिक स्कूलको पाठ्यक्रमको विश्व इतिहास र भूगोल पाठ्यक्रममा आफ्नो जीवन कथा समावेश गरेकोमा परियारले म्यासाचुसेट्स शिक्षा विभागलाई धन्यवाद दिएकी छिन् ।

म्यासाचुसेट्स पब्लिक स्कूलहरूले रोजा पार्कको सक्रियता सँगसँगै मेरो कथा र सक्रियताको बारेमा सिकाउनेछन् भन्ने थाहा पाउँदा आफूलाई गर्व लागेको उनले बताएकी छिन् । यस अगाडि परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश छ । स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश छ ।

डाक्टर परियारले हडसन स्पीक्समा घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध निर्देशकका रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरेकी छन् । त्यस्तै उनी जर्सी सिटी सहरको महिला आयोग सदस्य समेत हुन् । उनी अमेरिकाको न्युजर्सी राज्यको एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा कमिश्नर समेत हुन् ।

डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका ५० हजार महिला र २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रिय पुरस्कारहरूबाट सम्मानित परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा परियारलाई सम्मानित गरेको थियो ।

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । उनी १९९९ मा अमेरिका गएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top